Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालगञ्जमा धार्मिक र सामाजिक सदभाव कायम राख्न कांग्रेसको अपिल

नेपालगञ्जमा धार्मिक र सामाजिक सदभाव कायम राख्न कांग्रेसको अपिल

  • बुधवार, आश्विन १७ २०८०

  • 471
    SHARES

  • नेपालगञ्जमा धार्मिक र सामाजिक सदभाव कायम राख्न कांग्रेसको अपिल

    काठमाडौं।नेपाली कांग्रेसले बाँकेमा सामाजिक,सांस्कृतिक,धार्मिक,राजनैतिक एवं समग्र सदभावका लागि अपिल गरेको छ।

    कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै केही दिन यता बाँकेको नेपालगञ्जमा भएको द्वन्द्वले हाम्रो धार्मिक,सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति कांग्रेसले गम्भीर चिन्ता प्रकट गरेको उल्लेख गर्नुभएको हो।

    देउवाले संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह गर्नुभएको छ।

    यस्तो छ सभापति देउवाले जारी गर्नु भएको विज्ञप्तिः

    congress_BysqhdFNGk.webp

     


    बुधवार, आश्विन १७ २०८००५:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij