Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी 

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी 

  • बुधवार, आश्विन १७ २०८०

  • 434
    SHARES

  • सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी 
    काठमाडौं । पछिल्लो केही समययता देशका विभिन्न क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक हिंसा बढ्दै गएपछि सरकारले सुरक्षा परिषद्को बैठक बोलाएको छ। 
     
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यतिबेला सुरक्षा परिषद्को बैठक जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा सुरक्षासँग सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र नेपाली सेनाका प्रमुखको सहभागिता रहेको छ। 
     
    धरानमा देखिएको साम्प्रदायिक समस्या शान्त भएको केही समयमा नै सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। त्यहाँ अहिले पनि विवाद मत्थर भइसकेको छैन। 
     
    फेरि केही दिनयता नेपालगन्जमा धार्मिक तनाव उत्पन्न भएको छ। स्थिति उग्र बनेपछि मंगलबारदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ। एकपछि अर्को धार्मिक र साम्प्रदायिक तनाव उत्पन्न हुँदै जाँदा यसको समाधानमा सरकार चिन्तित देखिएको छ। 
     
    सोही समस्या व्‍यवस्थापनका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको बताइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‌मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव प्रधान सेनापति सदस्य रहने संवैधानिक प्रावधान रहेको छ। यस्तै रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषद्को सदस्य–सचिव भई काम गर्छन्।


    बुधवार, आश्विन १७ २०८००४:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij