Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हिमाली जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन

हिमाली जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन

  • बुधवार, आश्विन १७ २०८०

  • 440
    SHARES

  • हिमाली जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन

    काठमाडौं। दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

    समितिले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

    समितिले गत भदौ ३१ गतेको बैठकबाट दिइएको निर्देशनअनुसार सरकारले स्थानहरुमा खोलेका सुपथ मूल्य पसलका सम्बन्धमा धन्यवाद दिँदै थप विस्तार गर्न निर्देशन दिने निर्णय भएको सभापति अब्दुल खानले जानकारी दिनुभयो।

    यसैगरी समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारणजस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

    यस्तै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगायतका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

     


    बुधवार, आश्विन १७ २०८००३:५०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij