Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बिनाको सरकार असम्भव : माधव नेपाल

कांग्रेस बिनाको सरकार असम्भव : माधव नेपाल

  • बुधवार, आश्विन १७ २०८०

  • 492
    SHARES

  • कांग्रेस बिनाको सरकार असम्भव : माधव नेपाल

    काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकार असम्भव रहेको बताउनु भएको छ।नेकपा एसको मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा आज जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनु भएको हो।

    पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताउनु भयो। उहाँले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गर्नुभयो। उहाँले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताउनु भयो।

    उहाँले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताउनु भयो।अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताउनु भयो ।

     


    बुधवार, आश्विन १७ २०८००२:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij