काठमााडौं। माइतिघर मण्डलामा अनसनरत भारती मानन्धर सर्वोच्च परिसरमा बेहोस भएर ढल्नु भएको छ। श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थाल्नु भएकी भारती बेहोस भएर ढलेपछी वीर अस्पताल भर्ना गरिएको छ।
भारतीले रिगलको आममाफीविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको आज पहिलो पेशी थियो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको हो।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएर भारतीले माइतीघरमा आज बिहानदेखी रिले अनसन सुरु गर्नु भएको छ। भारती आज २ घण्टा अनसन बस्नु भएको थियो।