Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

खेलाडीलाई पुरस्कार दिन सरकार बिर्सियो : असिम साह

खेलाडीलाई पुरस्कार दिन सरकार बिर्सियो : असिम साह

  • मंगलवार, आश्विन १६ २०८०

  • 451
    SHARES

  • खेलाडीलाई पुरस्कार दिन सरकार बिर्सियो : असिम साह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि सरकारले पुरस्कार दिन बिर्सिएको आरोप लगाउनुभएको छ। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सरकारले बधाई मात्र दिएको तर पुरस्कार नदिएको आरोप लगाउनुभयो ।

    ‘नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सबैले बधाई दिएकै छन् । सरकारले पनि दिएकै होला । तर पुरस्कार दिएका छैनन्’, उहाँले भन्नुभयो, ‘सरकारले बिर्सिएको कुरा सदनमा पटकपटक उठाउँदा मलाई लाज लागेको छ । खेलाडीले लिग जितिरहे तर सरकारले उदारो पुरस्कार घोषणा गरिरह्यो ।’

    खेलाडीले पाउनु पर्ने रकम १६–१७ लाख भइसक्दा समेत नपाएको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्रीले तपाईंहरू खेल्न जानोस् फर्किएर आउँदा खातामा पैसा जम्मा हुन्छ भनेर आश्वासन दिएपनि भुक्तानीको सुरसार नभएकोमा उहाँले आपत्ति जनाउनुभयो ।


    मंगलवार, आश्विन १६ २०८००१:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij