काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सांसदहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८०” पेश गर्ने कार्यसूची छ।
सरकारले संसदमा प्रभावकारी बनाउन बिजनेस दिन सकिरहेको छैन।
सांसदहरुले संसदलाई बिजनेस दिन सरकारसँग माग गरिरहेका छन्। धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको उनीहरुको गुनासो छ। यसैबिच, प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नुहुने भएको छ।
उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।