Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

  • मंगलवार, आश्विन १६ २०८०

  • 812
    SHARES

  • एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

    काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

    प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै निर्वाचित भएका छन् ।

    राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत पाउँदा उहाँका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ ।

    खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुनुहुन्छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी तथा उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवशी विजयी हुनुभएको छ ।

    उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।


    मंगलवार, आश्विन १६ २०८००७:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij