Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले कोशी अधिवेशन : रातभर मतदान, ९७७ मत खस्यो, आज मतगणना

एमाले कोशी अधिवेशन : रातभर मतदान, ९७७ मत खस्यो, आज मतगणना

  • सोमवार, आश्विन १५ २०८०

  • 387
    SHARES

  • एमाले कोशी अधिवेशन : रातभर मतदान, ९७७ मत खस्यो, आज मतगणना
    काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना सोमबार(आज) दिउँसोदेखि सुरु गर्ने तयारी छ ।  
     
    निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताउनुभयो ।
     
    हिजो दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर हिजो राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो । 
     
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् ।
     
    मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।
     
    प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका  कार्यकर्ता अब चुनावको परिणामको प्रतीक्षामा छन् ।
     


    सोमवार, आश्विन १५ २०८०१०:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij