Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेर खुशीयालीको पार्टी गरे ’: रबी लामिछाने

‘राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेर खुशीयालीको पार्टी गरे ’: रबी लामिछाने

  • आइतवार, आश्विन १४ २०८०

  • 543
    SHARES

  • ‘राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेर खुशीयालीको पार्टी गरे ’: रबी लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएर खुसियालीको पार्टी गरेको आरोप लगाउनु भएको छ।

    आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले राष्ट्रपतिले हत्या आरोपीलाई संविधान दिवसको अवसर पारेर उन्मुक्ति दिएर पार्टी गरेको आरोप लगाउनु भएको हो।

    यद्यपी राष्ट्रपतिले आयोजना गरेको उत्त भोजमा आफू सहभागी हुन नपरेकोमा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो,‘संविधान दिवसको अवसरमा राष्ट्रपतिज्यूले भोजको आयोजना गर्नुभएको थियो। तर,म सरिक हुन पाइनँ। तर, संयोगले त्यो दिन मैले रोल्पामा एक परिवारले बनाएको ढिडो खान पाएँ। मलाई लागेको थियो, राष्ट्रपतिज्यूले आयोजना गरेको त्यो संविधान दिवसको भोज थियो,त्यो खुशी थियो संविधान दिवसको उपलक्ष्यमा। तर, त्यो भोज संविधान पाएको खुशीको होइन रहेछ। दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति भएको पार्टी रहेछ। म खुशी छु, त्यो पार्टीमा त्यो जुठो खान परेन।’

    उहाँले जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधानमाथि आशा र भरोसा गरेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिबाट जन्मकैद पाएको हत्यारालाई उन्मुक्ति दिने काम स्वीकार्य नभएको बताउनु भयो।

     


    आइतवार, आश्विन १४ २०८००४:२९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij