Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पशुपतिको जलहरी प्रकरणः अख्तियारद्वारा यी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपतिको जलहरी प्रकरणः अख्तियारद्वारा यी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • आइतवार, आश्विन १४ २०८०

  • 2.3K
    SHARES

  • पशुपतिको जलहरी प्रकरणः अख्तियारद्वारा यी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ।

    यस्तै अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर)अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

     


    आइतवार, आश्विन १४ २०८००४:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij