Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमालेको कोशी अधिवेशन : मतदानको समय फेरि सारियो

एमालेको कोशी अधिवेशन : मतदानको समय फेरि सारियो

  • आइतवार, आश्विन १४ २०८०

  • 412
    SHARES

  • एमालेको कोशी अधिवेशन : मतदानको समय फेरि सारियो

    काठमाडौं। नेकपा एमालेको कोशी प्रदेश अधिवेशनको निर्वाचन तालिका फेरि संशोधन गरिएको छ। पछिल्लो समय परिवर्तन गरिएको तालिका अनुसार आज मतदान साँझ ५ बजेदेखि सुरु हुने भएको छ।

    प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको जानकारी दिनु भयो।

    निर्वाचन कार्यालयले अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन गरेको छैन। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यले बताउनु भयो ।

    एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार रहनु भएको छ। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भैसक्नु भएको छ। सचिवमा शैलेश लामा र राजकुमार भण्डारीको उम्मेदवारी परेको छ।


    आइतवार, आश्विन १४ २०८००३:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij