Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री अशोक राई

शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री अशोक राई

  • आइतवार, आश्विन १४ २०८०

  • 498
    SHARES

  • शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री अशोक राई
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभएको छ ।
     
    आइतबार(आज) प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आबद्ध हुन नपाउने जानकारी दिनुभयो ।
     
    ‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुँदैन । उहाँहरूले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ’, शिक्षामन्त्री राईले भन्नुभयो ।
     
    शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुपर्‍यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने मन्त्री राईले बताउनुभयो ।
     
    विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको उहाँले बताउनुभयो । शिक्षा विधेयक संसद्मा पेश भएपछि यसमा संशोधन र परिमार्जनका प्रस्ताव र दफावार छलफलबाट अझै समृद्ध बनाउन सकिने पनि मन्त्री राईको भनाइ छ ।
     
    विद्यालय शिक्षा विधेयक आज प्रतिनिधिसभामा दर्ता भएको छ ।


    आइतवार, आश्विन १४ २०८००३:३७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij