Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

विद्यालय शिक्षा विधेयक संसद्‌मा पेश

विद्यालय शिक्षा विधेयक संसद्‌मा पेश

  • आइतवार, आश्विन १४ २०८०

  • 641
    SHARES

  • विद्यालय शिक्षा विधेयक संसद्‌मा पेश
    काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ । आइतबार(आज) बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गर्नुभएको हो ।
     
    गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गर्नुभएको थियो। विधेयकलाई लिएर शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरूको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।
     
    विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गर्नुभएको थियो । उहाँले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्युँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिनुभएको थियो ।
     
    संविधानले स्थानीय सरकार मातहत आधारभूत र माध्यमिक शिक्षा रहने भनेको तर जिल्ला शिक्षा कार्यालय राखेर संघले नै नियन्त्रण गर्न खोजेको भनी सुवालले विरोध गर्नुभएको थियो ।
     
    शिक्षा मन्त्री राईले सुवालको यस प्रश्नको जवाफ दिनुभएन । सुवालको विरोधको सूचनालाई सभाले अस्वीकृत गरिदियो । त्यसपछि विधेयक सभामा पेश भएको हो ।
     
    अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा सभामै छलफल हुनेछ । त्यसपछि सांसदहरूलाई संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ ।
     
    यही बेला शिक्षकहरूसँग भएको सहमति सरकारको तर्फबाट स्वीकार हुने सहमति शिक्षकका प्रतिनिधिहरूसँग भएको छ । सभामा विधेयक अगाडि बढेसँगै शिक्षक महासङ्घका प्रतिनिधिहरूले राजनीतिक दलहरूसँगको भेटघाट समेत बढाएका छन् ।
     
    प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गतेका लागि बोलाइएको छ ।


    आइतवार, आश्विन १४ २०८००३:३०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij