Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीको सचिवालय बैठक बस्दै

जनमत पार्टीको सचिवालय बैठक बस्दै

  • आइतवार, आश्विन १४ २०८०

  • 490
    SHARES

  • जनमत पार्टीको सचिवालय बैठक बस्दै
    काठमाडौं । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार(आज) बस्ने भएको छ । पार्टीको समसामयिक विषय तथा अध्यक्ष सिके राउतको अमेरिका भ्रमणलगायतको विषयमा ब्रिफिङ हुने बताइएको छ । जनमत पार्टी मिसन ८४ सञ्चालन गरिरहेको छ ।
     
    पार्टीले मिसनका लागि गरिरहेको गतिविधिलगायतको विषयमा पनि छलफल हुने बताइएको छ ।
     
    पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता डा.शरतसिंह यादवले सचिवालयको यो नियमित बैठक रहेको बताउनुभयो। प्रत्येक आइतबार सचिवालयको बैठक बस्ने गरेको र बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने उहाँको भनाइ छ । 


    आइतवार, आश्विन १४ २०८००३:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij