Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महासचिव गुटेरेस नेपाल आउँदै

महासचिव गुटेरेस नेपाल आउँदै

  • आइतवार, आश्विन १४ २०८०

  • 548
    SHARES

  • महासचिव गुटेरेस नेपाल आउँदै

    काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउनु हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव गुटरेसले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी दिनु भएको हो।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चिनको भ्रमण सकाएर हिजो स्वदेश फर्किनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिनुु भएको हो।

    “महासचिव गुटरेसलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गरेको छु, मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ,” प्रधानमन्त्रीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको थियो। सोही भेटमा गुटेरेसले नेपाल भ्रमणमा आउने जनाउ दिनु भएको थियो।


    आइतवार, आश्विन १४ २०८००३:१८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij