काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आज बिहान ओली बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो ।
ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौलासहित बालुवाटार पुग्नु भएको थियो । छलफलमा उपप्रधानमन्त्री समेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि हुनुहुन्थ्यो ।
एमालेले सुन तस्कारी छानबिन समिति गठनमा सरकारले धोका दिएको भन्दै आइतबारदेखि सुरु हुने संसद बैठक अबरोध गर्ने चेतावनी दिएसँगै यसै विष्यमा छलफल गर्न प्रधामन्त्रीले ओलीसहित एमाले नेताहरूसँग छलफल गर्नुभएको हो ।