Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्वका लागि आज मतदान

एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्वका लागि आज मतदान

  • आइतवार, आश्विन १४ २०८०

  • 277
    SHARES

  • एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्वका लागि आज मतदान

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । सर्वसम्मतीबाट नेतृत्व चयन गर्न असफल भएपछि आज मतदान हुन लागेको हो । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

    आज बिहानदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १ सय ३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा हुनुुहुन्छ ।

    अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिनुभएको छ ।


    आइतवार, आश्विन १४ २०८००७:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij