Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

  • शनिवार, आश्विन १३ २०८०

  • 638
    SHARES

  • चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट
    काठमाडौं ।  चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेट गर्नुभएको छ। आज साँझ बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
     
    एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यशैलीबाट असन्तुष्ट बन्नुभएको छ। उहाँले आफ्ना पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्ने विषयमा समेत प्रधानमन्त्री दाहालसँग छलफल गरेको उच्च स्रोतले बताएको छ। एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री र नन्दा चपाईँ राज्यमन्त्री छन्।
     
    अध्यक्ष नेपालले आफ्नो र पार्टीको भूमिकालाई नजरअन्दाज गरेको भन्दै सत्ता गठबन्धनको सार्वजनिक रूपमै खुलेरै आलोचना गर्दै आउनुभएको छ। उनीहरूबीच चीन भ्रमण, सरकारको कामकारबाही र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। सत्ता गठबन्धनलाई थप बलियो बनाउने विषयमा पनि उनीहरू छलफल भएको थियो।
     
    नेकपा एसभित्र माधव नेपाल र झलनाथ खनालबीच नेतृत्वलगायतका विषयमा विवाद बढिरहेका बेला यस भेटलाई महत्त्वपूर्ण मानिएको छ। समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल पनि नेपालसँगै बालुवाटार गएका थिए। 


    शनिवार, आश्विन १३ २०८००८:०२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij