Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीले बोलाएको वार्तामा आन्दोलनरत डाक्टर गएनन्, वार्ता नै स्थगित

गृहमन्त्रीले बोलाएको वार्तामा आन्दोलनरत डाक्टर गएनन्, वार्ता नै स्थगित

  • शनिवार, आश्विन १३ २०८०

  • 591
    SHARES

  • गृहमन्त्रीले बोलाएको वार्तामा आन्दोलनरत डाक्टर गएनन्, वार्ता नै स्थगित

    काठमाडौं। आन्दोलनरत डाक्टरहरु र सरकारी प्रतिनिधीबिच आज हुने भनिएको वार्ता स्थगित भएको छ। गृहमन्त्रालयमा बस्ने तय गरिएको वार्तामा चिकित्सकहरु नै नपुगेपछि वार्ता स्थगित भएको हो।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले आह्रान गरेको वार्तामा आन्दोलनरत चिकित्सकहरु अनुपस्थित भएपछि वार्ता स्थगित भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

    वार्ता गर्नका लागि नर्सिङ परिषद्की अध्यक्ष प्रा सरला केसी, भगवान कोइराला लगायत डाक्टरहरु गृहमन्त्रालय पुग्नु भएको थियो भने सरकारको तर्फबाट गृहमन्त्री श्रेष्ठ गृहसचिव, शिक्षा सचिवहरुलगाएत पुग्नु भएको थियो।

    तर आन्दोलनरत चिकित्सकहरु मध्ये १ जना मात्र पुगेपछी वार्तामा नबसेको गृहमन्त्रालय स्रोतले बताएको छ। अर्को वार्ता अपरान्ह पुनः बस्ने गरि बोलाइएको छ।

     


    शनिवार, आश्विन १३ २०८००४:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij