Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

रोजगारीमा आधारित कर प्रणाली लागू गर्न कांग्रेस नेता गुरुङको सुझाव

रोजगारीमा आधारित कर प्रणाली लागू गर्न कांग्रेस नेता गुरुङको सुझाव

  • शनिवार, आश्विन १३ २०८०

  • 581
    SHARES

  • रोजगारीमा आधारित कर प्रणाली लागू गर्न कांग्रेस नेता गुरुङको सुझाव

    काठमाडौं । नेपालमा ‘रोजगार’लाई प्रोत्साहित गर्न रोजगारमा आधारित ‘कर प्रणाली’को नीति र कानून लागू गर्न कांग्रेस नेता कल्याण गुरुङले सुझाव दिनु भएको छ ।

    रोजगारीमा आधारित कर प्रणालीले नेपालको आर्थिक समृद्धि र ‘रोजगारी’मा प्रशस्त सकारात्मक टेवा पुग्ने नेता गुरुङको विश्वास छ । उहाँले लेख्नु भएको छ, “ कुनै दुई व्यक्तिहरुले ५० / ५० करोडको लागतमा कुनै फरक फरक प्रकारको व्यवसाय शुरु गरेका छन् । एउटा व्यक्तिले १० जनालाई रोजगारी दिएको छ र अर्को व्यक्तिले ५० जनालाई रोजगारी दिएको छ ।

    उनीहरुले व्यवसायमा लाग्ने सम्पुर्ण करमा रोजगारी पाएको व्यक्तिको संख्याले भाग गरेर आउने रकम मात्र करको रुपमा लिने हो भने ‘रोजगार’मा आधारित यस्तो कर प्रणालीले बढी भन्दा बढी ‘रोजगार’लाई प्रोत्साहित गर्न सकिन्छ ।”

    जसले जति बढी व्यतिलाई ‘रोजगार’ दिन्छ, उसले त्यति नै कम ‘कर’ तिर्नु पर्ने कर प्रणाली र कानून निर्माण गर्यौ भने देशमा आर्थिक समृद्धि र रोजगारी हाँसिल गर्न सकिने उहाँको दावी छ ।


    शनिवार, आश्विन १३ २०८००८:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij