काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । शुक्रबार प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट छेन्दु पुग्नुभएको थियो ।
छेन्दुमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुभएको थियो ।