काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित हुनुभएको छ हिजो भएको निर्वाचनमा प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले हराउँदै ६ सय ९६ मतका साथ ढुंगेल अध्यक्षमा विजयी हुनुभएको हो ।
यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी हुनुभएको छ । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।