Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

  • शुक्रवार, आश्विन १२ २०८०

  • 5.5K
    SHARES

  • राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
    काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ ।
     
    शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।
     
    परीक्षामा उत्तीर्ण भएका शिक्षकहरू स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरूलाई सरकारले आर्थिक प्याकेज दिनेछ ।
     
    संसद्मा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँदे सहमतिमा ७५ प्रतिशत पुर्‍याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरूले आन्दोलन जारी राखेपछि सरकारले वार्ता थालेको थियो ।
     
    शुक्रबार(आज) भएको सहमति शिक्षक महासंघसँग गरेको सहमतिको पूरक भएको शिक्षामन्त्री राईले बताउनुभयो ।
     
    प्रस्तावित विधेयकमा छुटफुट भएका विषयलाई संसदीय प्रक्रियामार्फत समावेश गरियोस् भनेर सरकारले सहमति गरेको भन्दै उहाँले भन्नुभयो, ‘सबै शिक्षक साथीहरू सहमतिमा आउनु भएको छ । सम्झौताहरूलाई संसद्मा प्रस्तुत गरेर संसदीय प्रक्रियामार्फत विधेयक पारित गर्दा सामेल गर्ने शिक्षा मन्त्रालयको जिम्मेवारीमा आएको छ ।’
     
    सरकारले आफूहरूका माग सम्बोधन गर्ने सहमति जनाएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो। सरकारले मागहरू सम्बोधन गर्ने सहमति जनाएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको अधिकारीले बताउनुभयो। 


    शुक्रवार, आश्विन १२ २०८००४:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij