Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

  • शुक्रवार, आश्विन १२ २०८०

  • 388
    SHARES

  • आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
     
    आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।
     
    “यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ”, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो ।
     
    “अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
     
    आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।”
     
    आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताउनुभयो । उहाँहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल कारबाहीको माग राख्नुभयो ।
     
    समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनुभएको थियो । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।


    शुक्रवार, आश्विन १२ २०८००४:०८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij