Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ओलीको प्रश्न : कांग्रेस कुन संसारमा छ ?

ओलीको प्रश्न : कांग्रेस कुन संसारमा छ ?

  • शुक्रवार, आश्विन १२ २०८०

  • 897
    SHARES

  • ओलीको प्रश्न : कांग्रेस कुन संसारमा छ ?

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताउनु भउकोछ। तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उहाँले बताउनुभयो ।

    आज बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धन सरकार नचलेको बताउनुभयो। सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उहाँले भन्नुभयो, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

    सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’

    प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उहाँले बताउनुभयो।


    शुक्रवार, आश्विन १२ २०८००१:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij