काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ। महासचिव घनश्याम भूसालका अनुसार आगामी शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ।
अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने योजना रहेको महासचिव भुसालले जानकारी दिनुभयो। यस्तै भूसालले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेकोसमेत जानकारी दिनुभयो।
समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएको उहाँको भनाई छ।