काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बतको कैलाश पर्वत र मानसरोवर पुग्नु भएको छ। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधाानमन्त्री प्रचण्ड आज हिन्दु धर्मावलम्बीको आस्थाकेन्द्र मानसरोवर दर्शन एवं कैलाश पर्वत अवलोकन गर्न तिब्बतको मानसरोवरमा पुग्नु भएको हो ।
प्रधानमन्त्री दाहालसँगै चीन भ्रमणमा रहनु भएका भ्रमण दलका सदस्यहरू पनि मानसरोवर पुग्नु भएको छ। प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनु भएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि आज दिउँसो प्रधानमन्त्री प्रचण्डसहितको टोली पुगेको हो ।