काठमाडौं। नेकपा एमालेले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम फेरि संशोधन गरेको छ। संशोधित कार्यतालिका अनुसार ४ बजेबाट हुने भनिएको मतदान साँझ ६ बजेदेखी हुने भएको छ।
प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीकाअनुसार अहिले उम्मेदवारको विरोधमा उजुरी,उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावलि प्रकाशन,उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ।
अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन जनाइएको छ। प्रदेश कमिटीको अध्यक्ष पदमा चारजनाको उम्मेदवारी गरेको छ।
रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। सचिवमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ।