Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाने

प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाने

  • बिहिवार, आश्विन ११ २०८०

  • 509
    SHARES

  • प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाने

    ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने कार्यतालिका रहेको छ । प्रधानमन्त्री बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुने छ ।

    नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुग्नुभएको थियो। उहाँ यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहनुभयो ।

    गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।


    बिहिवार, आश्विन ११ २०८००६:५८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij