काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत उमेदवारी दर्ता सुरु भएको छ। कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार आज उमेदवारी दर्ता गरेपनि मतदान भने भोली हुनेछ।
अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिएपनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ।