Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड सजाय अस्पतालमा टाँसिने

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड सजाय अस्पतालमा टाँसिने

  • बुधवार, आश्विन १० २०८०

  • 1.6K
    SHARES

  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड सजाय अस्पतालमा टाँसिने

    काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड सजायबारे सबै स्वास्थ्य संस्थामा सर्वसाधारणले सहजै देख्ने गरी सूचना राख्ने भएको छ ।

    बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि भएका दुर्व्यवहारका घटनाहरुमा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गरी आन्दोलनमा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन आह्वान गर्नुभएको छ ।

    Ministry-of-Home-release.jpg


    बुधवार, आश्विन १० २०८००४:५६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij