Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले दिए राजीनामा (पत्रसहित)

नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले दिए राजीनामा (पत्रसहित)

  • बुधवार, आश्विन १० २०८०

  • 823
    SHARES

  • नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं। नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनु भएको छ। सभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाउनु भएको हो।

    प्रतिनिधी सभाका सदस्यसमेत रहनु भएका खड्काले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय दिन नसकेको कारण देखाउँदै राजीनामा दिएको बताउनु भएको छ।

    उहाँले पत्रमा पार्टी संगठन सुदृढ गर्न सहज होस भन्ने असल चाहानाले नै आफूले कांग्रेस जिल्ला कार्यसमितिको सभापतिबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ।

    यस्तो छ उहाँको पत्रः

    dipak-khadka-1-576x768.jpg


    बुधवार, आश्विन १० २०८००४:४५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij