काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य विश्वप्रकाश शर्मा साउदी अरब जानुहुने भएको छ। महामन्त्री शर्मा आगामी सेप्टेम्बर ३० मा साउदी जान लाग्नु भएको हो। त्यस्तै शर्मासँगै कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेहितका अन्य नेताहरु पनि जाने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ।
तीन दिने भ्रमणका लागि साउदी जान लाग्नुभएका कांग्रेस नेताहरु साउदीस्थित नेपाली दूतावासले आयोजना गर्न लागेको नेपाली श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तर्क्रिरया कार्यक्रममा सहभागी हुनुहुने छ। भने अन्य विभिन्न कार्यक्रममा सहभागीता जनाउने कार्यक्रम पनि तय भएका छन्।
त्यस्तै नेताहरु नेपाली जनसम्पर्क समितिले संगठनका पदाधिकारी र क्रियाशील सदस्यबीच भेटघाट, अन्तरक्रिया र संगठन विस्तारबारे छलफल गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। साउदी अरेबिया आउनुअघि नेताहरू २९ सेप्टेम्बरमा हुने नेपाली जनसम्पर्क समिति बहराइनको ११ औं वार्षिकोत्सवमा पनि सहभागी हुने तयारी छ।