काठमाडौं। नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान भोलि बिहीबार हुने भएको छ। मतदान पार्टी मुख्यालय च्यासलमा भोली बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने भएको हो।
यस्तै मतदान ४० वटा विद्युतीय मेसिनमा हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो। यस्तै आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ।
बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो। प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सूची टाँसिएको थियो।