Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मनोनयन दर्ता

एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मनोनयन दर्ता

  • बुधवार, आश्विन १० २०८०

  • 433
    SHARES

  • एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मनोनयन दर्ता

    काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ ।

    आज अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

    बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए ।


    बुधवार, आश्विन १० २०८००७:४८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij