Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

  • मंगलवार, आश्विन ९ २०८०

  • 720
    SHARES

  • बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

    काठमाडौं। बारामा पूर्वसशस्त्र प्रहरी जवानको शव फेला परेको छ। नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक जवानको शव फेला परेको प्रहरीले जनाएको छ ।

    पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर सोमबार स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

    त्यसलगत्तै प्रहरी घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पुराएर शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो। मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ।

    अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा दुई जना भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    मंगलवार, आश्विन ९ २०८००७:१७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij