Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकहरुलाई पेसा छोडेपछि मात्रै राजनीतिमा आउन दिनुपर्छ : गगन थापा

शिक्षकहरुलाई पेसा छोडेपछि मात्रै राजनीतिमा आउन दिनुपर्छ : गगन थापा

  • सोमवार, आश्विन ८ २०८०

  • 517
    SHARES

  • शिक्षकहरुलाई पेसा छोडेपछि मात्रै राजनीतिमा आउन दिनुपर्छ : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई पेसा छोडेको दिनमात्रै राजनीतिमा आउने ढोका खोल्नुपर्ने बताउनु भएको छ।आज केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    महामन्त्री थापाले कानुनले नै बन्देज गरेपछि शिक्षक र राजनीतिको विषयमा पार्टी प्रस्ट हुनुपर्ने बताउनुभयो। उहाँले आगामी महासमिति बैठकमा यस विषयमा प्रस्ट पार्नुपर्ने बताउनु भयो।

    उहाँले शिक्षक पेसा आबद्ध भएर आर्जन गरेका कुराले पेसा छाडेपछि पार्टीसँग जोड्न सकिने भन्दै कर्मचारीको विषयमा पनि कांग्रेस प्रस्ट हुनुपर्ने बताउनुभयो। थापाले शिक्षकलाई खुसी बनाएमात्रै शिक्षा गुणस्तरीय हुने बताउनु भयो।

    शिक्षक आन्दोलनको स्मरण गर्दै उहाँले सरकारसँग भएको सहमतिलाई कांग्रेसले अनुशरण गर्ने भन्दै संसदमा दर्ता भएको शिक्षा विधेयक संशोधन हुने बताउनु भयो।

     


    सोमवार, आश्विन ८ २०८००५:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij