Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८०’ असोज ११ गते हुने, को–को हुँदैछन् सम्मानित ?

‘आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८०’ असोज ११ गते हुने, को–को हुँदैछन् सम्मानित ?

  • सोमवार, आश्विन ८ २०८०

  • 1.3K
    SHARES

  • ‘आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८०’ असोज ११ गते हुने, को–को हुँदैछन् सम्मानित ?

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल, काठमाडौंमा यही असोज ११ गतेका दिन सम्पन्न हुँदैछ ।

    “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” को अन्तिम संघारमा पत्रकार सम्मेलनको आयोजना गरी बिबिध बिषयमा जानकारी गराईको छ । अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित यस अवार्डको आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक दोहोरी अवाडलार्ई लोक दोहोरी कलाकारहरुले पर्वको रुपमा लिने गर्दछन् ।

    वि.सं. २०६२ सालमा स्थापना भएको यस संस्थाले २०६९ सालमा शिब हमाल अध्यक्ष भए लगत्तै “पुजा लोक दोहोरी अवार्ड” सुरु गरेको थियो । विगतमा कोरोनाको महामारीले केही बर्ष कार्यक्रम सम्पन्न गर्न नसकेतापनि अन्य कार्यक्रम सहित लोक दोहोरी अवार्डले पनि निरन्तरता पाईरहेको छ । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” बिभिन्न २४ वटा विधामा वितरण गर्न लागिएको छ भने लाईफटाईम अचिप्मेन्ट अवार्ड कृष्ण सुधा ढुंगाना, उपत्यका समन्वय विशिष्ट सम्मान (बेबारिसे लास व्यवस्थापन कि सदस्य सपना रोका, संस्थागत सम्मान पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान शिव हमाल, दशकका श्रष्टा सम्मान एक नारायण भण्डारी, सदावहार लोक गीत सम्मान बाबरी फुलको बोट (पाण्डव सुनुवार), लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु आदीलाई प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा घोषणा गरिएको थियो ।

    पत्रकार सम्मेलनमा उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्बी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सह सचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” लाई सभ्य तथा भव्य रुपमा सफल पारिदिन आयोजक कमिटीका अध्यक्ष अर्जुन थापा मगरले अनुरोध गर्दै अग्रज कलाकार र पत्रकारलाई प्रतिस्पर्धा नगराएर सिधै सम्मान गर्न लागिएको कुरा पनि जानकारी गराए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चलान उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापाले गरेका थिए ।


    सोमवार, आश्विन ८ २०८००५:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij