काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ।आज मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्दै मन्त्रि परिषद विस्तार गर्नु भएको हो।
जसअनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त हुनु भएको छ। भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ।
त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ।आजको मन्त्रिपरिषद् विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ।