काठमाडौं। सर्लाहीको मलङ्वामा जारी अनिश्चितकालीन कर्फ्यु आंशिक रूपमा हटाइएको छ।सर्वदलीय बैठकले विगत पाँच दिनदेखि जारी कर्फ्यु आजदेखी राति मात्र लगाउने निर्णय गरेपछी आशिंक रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिन लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको थियो।
यद्यपी सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ।
कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा ठाउँ ठाउँमा झडप भएको थियो। सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो।