Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जनमासले हिरो खोज्न थाल्यो, राजा नेता बनेर आउँदा अचम्म नमान्नु होला : नारायण खड्का

जनमासले हिरो खोज्न थाल्यो, राजा नेता बनेर आउँदा अचम्म नमान्नु होला : नारायण खड्का

  • सोमवार, आश्विन ८ २०८०

  • 575
    SHARES

  • जनमासले हिरो खोज्न थाल्यो, राजा नेता बनेर आउँदा अचम्म नमान्नु होला : नारायण खड्का

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले समाज र नागरिकहरू विद्रोही भएको भन्दै हिरो खोज्ने क्रममा पूर्वराजा नै आउन सक्ने टिप्पणी गर्नुभएको छ ।

    पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले समाज विद्रोही भइसकेकाले जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो । ‘मास र समाज विद्रोही भइसकेको छ । मासले हिरो खोजेको छ । मासलाई गोलबन्द गर्ने नेता नपाएपछि, धार्मिक असहिष्णुता देखाउने, बम र खुकुरी बोक्ने क्रम शुरू भएको छ । मासलाई गोलबन्द गर्ने नेता नभएपछि यस्ता प्रवृत्ति विकृत रूपमा आउँछन् । यो अप्ठ्यारो अवस्था हो । खड्काले भन्नुभयो, ‘दुई वर्षपछि नेतृत्वमा हाम्रो पालो आउँछ । त्यो बेला अवस्था यस्तै हुन्छ कि सुध्रिन्छ ? ह्रासोन्मुख हुन्छ कि यस्तो अवस्थामा नेतृत्व गर्नुपर्ने हो ?’

    पूर्वराजाको पक्षमा भक्तपुरमा प्रदर्शन भएको भन्दै खड्काले उनैलाई नेता बनाएर ल्याए अचम्म मान्नुनपर्ने बताउनुभयो ।


    सोमवार, आश्विन ८ २०८००१:५९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij