काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ।आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम पुग्नुभएका राष्ट्रपति पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पुजा अर्चना गर्नु भएको हो।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका पौडेललाई मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले पूजा अर्चना गराउनु भयो।उहाँले सीताराम संकिर्तन तथा १ सय ८ शालिग्रामको समेत अवलोकन गर्नुभयो।
राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। साथै जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ।