Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिँदै, यी हुन् मन्त्रीका अनुहार

कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिँदै, यी हुन् मन्त्रीका अनुहार

  • सोमवार, आश्विन ८ २०८०

  • 699
    SHARES

  • कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिँदै, यी हुन् मन्त्रीका अनुहार

    काठमाडौं । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ ।

    उहाँले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपि मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिनुभयो ।

    सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उहाँले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो ।

    कोशी प्रदेशमा हाल तीन मन्त्री र एक राज्यमन्त्री छन् ।


    सोमवार, आश्विन ८ २०८००१:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij