Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरू हुँदै

एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरू हुँदै

  • सोमवार, आश्विन ८ २०८०

  • 426
    SHARES

  • एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरू हुँदै
    काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ ।
     
    अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताउनुभयो । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ ।
     
    अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।
     
    अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ ।
     
    सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ । यद्यपि, सहमतिमा नेतृत्व खोज्न छलफल जारी रहेको नेताहरूले बताएका छन् । 
     
    अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् ।  त्यसरी नै बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका  दाबेदार छन् ।  संघीय संरचनामा गएपछि पहिलो चोटि एमालेमा बागमती प्रदेश अधिवेशन हुँदै छ । 
     
     


    सोमवार, आश्विन ८ २०८००७:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij