Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानसेनापति प्रभुराम शर्मा आज नयाँ दिल्ली जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा आज नयाँ दिल्ली जाँदै

  • आइतवार, आश्विन ७ २०८०

  • 359
    SHARES

  • प्रधानसेनापति प्रभुराम शर्मा  आज नयाँ दिल्ली जाँदै

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

    नयाँ दिल्लीमा असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लाग्नुभएको हो ।

    सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनुहुने छ । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ ।

    भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्किनुहुने छ ।


    आइतवार, आश्विन ७ २०८००७:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij