Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड चीन पुगे, आजै राष्ट्रपति सिसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री प्रचण्ड चीन पुगे, आजै राष्ट्रपति सिसँग भेटवार्ता गर्ने

  • शनिवार, आश्विन ६ २०८०

  • 344
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड चीन पुगे, आजै राष्ट्रपति सिसँग भेटवार्ता गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुग्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुग्नुभएको हो ।

    प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो।

    दिउँसो सँगै खाना खाने क्रममा एउटा रिसोर्टमा उनीहरूबीच भेटवार्ताको तालिका छ। त्यसपछि अपरान्ह ४ बजे द्विपक्षीय भेटवार्ता हुनेछ।

    प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

     


    शनिवार, आश्विन ६ २०८०११:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij