Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकहरुको आन्दोलन फिर्ता, सरकारसँग भयो यस्तो सहमती...

शिक्षकहरुको आन्दोलन फिर्ता, सरकारसँग भयो यस्तो सहमती...

  • शुक्रवार, आश्विन ५ २०८०

  • 1.4K
    SHARES

  • शिक्षकहरुको आन्दोलन फिर्ता, सरकारसँग भयो यस्तो सहमती...

    काठमाडौं। आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन्। सरकारसँग ७ बुँदे सहमती भएपछी उनिहरुले आन्दोलन फिर्ता लिएका हुन्। गृहमन्त्रालय बसेको वार्तामा ७ बुँदे सहमती बनेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

    अहिले सहमतिको ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको उहाँको भनाई छ । सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो। सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
    यस्ता छन् सहमतीका बुँदाः
    १, नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने
    २, शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानूनी प्रवन्ध गर्ने
    ३,शिक्षासम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने
    ४, राष्ट्रिय मापदण्डमा समावेश गर्ने
    ५,विद्यालय शान्ति क्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारबाही आवश्यक सेवा सञ्चालनसम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठनपाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने
    ६,साविक उच्च माध्यमिक विद्यालयमा राहत, विशेष शिक्षा अनुदान कोटामा भइ निरन्तर सेवारत शिक्षकका सम्बन्धमा २०७३÷३÷१५ अघि नियुक्त भएकाको हकमा शत प्रतिशत र सोपश्चातको हकमा पचास प्रतिशत सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने
    ७,शिक्षक महासंघले आह्वान गरेका काठमाडौं केन्द्रित कार्यक्रमहरु आजैबाट अन्त्य गरी सबै विद्यालयमा अध्ययन अध्यापन सूचारु गर्ने

     


    शुक्रवार, आश्विन ५ २०८००५:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij