Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षक आन्दोलनः सरकारसँगको वार्ता सहमति नजिक, यस्तो सहमतीको सात बुँदे ड्राफ्ट...

शिक्षक आन्दोलनः सरकारसँगको वार्ता सहमति नजिक, यस्तो सहमतीको सात बुँदे ड्राफ्ट...

  • शुक्रवार, आश्विन ५ २०८०

  • 868
    SHARES

  • शिक्षक आन्दोलनः सरकारसँगको वार्ता सहमति नजिक, यस्तो सहमतीको सात बुँदे ड्राफ्ट...

    काठमाडौं। शिक्षा विधेयकको बिरोधमा आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सरकार र आन्दोलनरत शिक्षकहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेसँगै वार्ता सहमती नजिक पुगेको हो। सहमतिपत्रमाथि अहिले वार्तामा छलफल भइरहेको छ।

    यस्ता छन्, सहमतीका ७ बुँदाः
    १, नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने

    २, शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनबमोजिम आवश्यक कानूनी प्रवन्ध गर्ने

    ३,शिक्षासम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने

    ४, राष्ट्रिय मापदण्डमा समावेश गर्ने

    ५,विद्यालय शान्ति क्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारबाही आवश्यक सेवा सञ्चालनसम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठनपाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने

    ६,साविक उच्च माध्यमिक विद्यालयमा राहत, विशेष शिक्षा अनुदान कोटामा भइ निरन्तर सेवारत शिक्षकका सम्बन्धमा २०७३/३/१५ अघि नियुक्त भएकाको हकमा शत प्रतिशत र सोपश्चातको हकमा पचास प्रतिशत सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने

    ७,शिक्षक महासंघले आह्वान गरेका काठमाडौं केन्द्रित कार्यक्रमहरु आजैबाट अन्त्य गरी सबै विद्यालयमा अध्ययन अध्यापन सूचारु गर्ने l

     


    शुक्रवार, आश्विन ५ २०८००५:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij