Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षक आन्दोलन : २७ जना प्रदर्शनकारी पक्राउ(नामसहित)

शिक्षक आन्दोलन : २७ जना प्रदर्शनकारी पक्राउ(नामसहित)

  • शुक्रवार, आश्विन ५ २०८०

  • 994
    SHARES

  • शिक्षक आन्दोलन : २७ जना प्रदर्शनकारी पक्राउ(नामसहित)

    काठमाडौं। विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई समर्थन गर्दै प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसदमा प्रस्तुत शिक्षा विधेयकको खारेजीसहितका १८ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुलाइ समर्थन गर्ने मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले सिंहदरवार र नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

    आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछी नेकपाले विज्ञप्ती जारी गर्दै देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन र त्यसका लागि शिक्षाको राष्ट्रियकरणको माग गर्दै विरोध प्रदर्शनमा सहभागी भएको अवस्थामा आफ्नो पार्टीका २७ जनालाई पक्राउ गरिएको भन्दै विरोध जनाएको छ ।

    पार्टी प्रवक्ता कञ्चनका अनुसार बानेश्वर क्षेत्रबाट पक्राउ पर्नेमा वसन्त वोगटी, शारदा महत, इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, मन्जिल बोगटी, युवराज थापा, रोशन कार्की, अर्जुन बोगटी लगायत दश जना छन्।

    त्यस्तै सिंहदरवार पश्चिम गेट परिसरमा शान्तिपूर्ण विरोध गरिरहेका विद्यार्थी नेताहरु हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मी पाण्डे, मिलन बुढा, स्तालिन बस्नेत, रोशन यादव, लक्ष्मण बम, समीर विक लगायतका विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको कञ्चनको भनाई छ।

    प्रहरीको धरकपडबाट मीना ऐडी, लक्ष्मी शाह, राजन राउतसहित थुप्रै विद्यार्थी घाइते भएको उहाँले जनाउनु भयो।

    जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘राष्ट्रिय सरोकारको विषयलाई लिएर गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गठबन्धन सरकारले गरेको प्रहरी दमनको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भर्त्सना गर्दछ,घाइतेहरुको उपचार गर्न र गिरफ्तार हुनु भएका पार्टीका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुलाई अबिलम्ब रिहा गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।’

     


    शुक्रवार, आश्विन ५ २०८००३:४०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij